ज्याकलिन-चन्द्रशेखर केसमा दिल्ली पुलिसले आज अनुसन्धान गर्दै

अभिनेत्री ज्याकलिन अपराध शाखामा उपस्थित

नेपालभ्युज

ज्याकलिन-चन्द्रशेखर केसमा दिल्ली पुलिसले आज अनुसन्धान गर्दै

मुम्बई। आज बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज दिल्ली प्रहरीको आर्थिक अपराध शाखामा उपस्थित भएकी छिन् । उनलाई २०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा बोलाइएको थियो । यस मुद्दामा सुकेश चन्द्रशेखर मुख्य अभियुक्त हुन् । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रवर्तन निर्देशनालयको पूरक आरोपपत्रमा सह अभियुक्त बनाइएको छ । सुकेश चन्द्रशेखर हाल दिल्लीको तिहाड जेलमा छन् ।

फर्नान्डिसका वकिल अजित सिंहले ज्याकलिनको सुकेशसँगको सम्बन्धलाई अस्वीकार गर्दै उनलाई निर्दोष बताएका छन् । अजित सिंहले बीबीसीलाई भने, ‘ज्याकलिनले कुनै अपराध गरेकी छैनन् र उनको कुनै पनि हिसाबले सुकेशसँग सम्बन्ध छैन ।’

तर, प्रवर्तन निर्देशनालयको आरोपपत्रमा उनलाई मुद्दाको दशौं अभियुक्त बनाइएको छ ।​ आरोपपत्रमा लेखिएको छ, ‘ज्याकलिन सुकेशको नजिककी साथी हुन् । सुकेशले उनलाई १५ वटा झुम्का, पाँच वटा बिर्किन ब्याग, लुगा, लग्जरी ब्राण्डका जुत्ता, ब्रासलेट, चेन, चुरा, औंठी र घडी लगायतका सामग्री दिएका छन् । तिनीहरुको मूल्य करिब सात करोड रहेको सुकेशले बताए ।’

सुकेशले ज्याकलिनलाई ५७ लाखको घोडा पनि उपहार दिएको आरोपपत्रमा उल्लेख छ । यसबाहेक ज्याकलिनले सुकेशबाट पाएका उपहार र नगदको विवरण पनि आरोपपत्रमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved