एसियन कप छनोटमा नेपाल र बहराइन भिड्दै

नेपालभ्युज

एसियन कप छनोटमा नेपाल र बहराइन भिड्दै

काठमाडौं। एएफसी यू–२० एसियन कप छनोटमा नेपालले आफ्नो तेस्रो खेल खेल्दै छ । बहराइनमा जारी छनोटमा बुधबार नेपाल र घरेलु टोली आमने-सामने हुँदैछन् ।

शेख अलि बिन मोहमद अल खलिफा स्टेडियममा नेपाल र बहराइन नेपाली समय अनुसार राति पौने १२ मा भिड्नेछन् । दुवै टोली पहिलो जितको खोजीमा मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल पहिलो खेलमा भुटानसँग २–० गोलअन्तरले पराजित भएको थियो । कतारसँग भएको दोस्रो खेलमा भने नेपाल ३–१ गोलअन्तरले पराजित भयो ।

लगातार २ हार व्यहोरेको नेपाल समूह ‘बी’को पुछारमा रहेको छ । १ अंक जोडेको बहराइन भने चौथो स्थानमा छ । आइतबार हुने अर्को खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

छनोटमा समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान पक्का गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved