बच्चा चोरेको आरोपमा चार जना साधुमाथि कुटपिट

नेपालभ्युज

बच्चा चोरेको आरोपमा चार जना साधुमाथि कुटपिट

नयाँ दिल्ली। भारतको महाराष्ट्रमा बच्चा चोरेको शंकामा स्थानीयले चार जना साधुमाथि कुटपिट गरेका छन् ।

महाराष्ट्रको सांगली जिल्लाको लवाना गाउँमा साधुले बच्चा चोरेको हल्ला फैलिएको थियो । हल्लाकै बीचमा गाउँ पुगेका चार जना साधुलाई स्थानीयले गम्भीर घाइते हुनेगरि कुटपिट गरेका भारतीय एनडीटीभीले जनाएको छ ।

स्थानीयले लाठी र ढुंगाले आक्रमण गरेका थिए । प्रहरीले भने यस विषयमा अहिलेसम्म कुनै जानकारी र गुनासो प्राप्त नभएको जनाएको छ ।  तर सामाजिक सञ्जालमा भाइरल भएको भिडिओबारे अनुसन्धान गरेर आवश्यक कारबाही गरिने सांगलीका एसपी दीक्षित गेदामले बताएका छन् ।

भारतीय जनता पार्टीका सांसद रामकदमलले एक भिडियो सन्देश जारी गरेर साधुमाथि भएको दुर्व्यवहारको निन्दा गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved