राष्ट्रपति भण्डारीले गरिन् पलाञ्चोक भगवतीमा पुजा

राष्ट्रपति भण्डारीले गरिन् पलाञ्चोक भगवतीमा पुजा

काभ्रे। राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन्। बुधबार विहान साढे १० बजे मन्दिर पुगेकी उनले करिब १० मिनेट पुजा गरिन्।

राष्ट्रप्रमुखले बडादशैंको अवसरमा पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा छ। गत वर्ष कोरोना संक्रमण जोखिमले पलाञ्चोक भगवतीमा पूजाआजा रोकिएको थियो। राष्ट्रपति भण्डारीलाई हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रहुँदै पलाञ्चोक भगवती पु¥याइएको थियो।

राजा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवतीमध्ये ठूली दिदी रहेको विश्वास गरिन्छ। यो मन्दिरमा दशैं, माघे–संक्रान्ति र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो लाग्ने गर्छ। राष्ट्रपति भण्डारीलाई प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, पनौती नगप्रमुख भीम न्यौपाने, धुलिखेल नगरप्रमुख अशोककुमार ब्याञ्जू, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठ, पाँचखाल नगर उपप्रमख लक्ष्मी दनुवारलगायतले स्वागत गरे।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved