पाकिस्तानको सान्त्वना जित

नेपालभ्युज

पाकिस्तानको सान्त्वना जित

काठमाडौं।  साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानले सान्त्वना जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । 

पाकिस्तानको लागि नाडिया खानले ४ गोल गरिन् । यस्तै, रमिन फरिद, खडीजा काजमी, र अनमोल हिराको नाममा १–१ गोल रह्यो । रमिनले खेलको ३९ औँ मिनेटमा गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाइन् ।

खडिजा काजमीले खेलको ४८औँ मिनेटमा पाकिस्तानको लागि दोस्रो गोल गरिन् । नाडिया खानले खेलको ५४ औँ मिनेटमा तेस्रो गोल गरिन् । खेलको ७८ औँ मिनेटमा नाडियाले चौथो गोल गरिन् । 

नाडियाले खेलको ८४ औँ मिनेटमा आफ्नो ह्याट्रीक पुरा गर्दै पाकिस्तानलाई पाँचौँ गोल दिलाइन् । खेलको ८९ औँ मिनेटमा नाडियाले पाकिस्तानका लागि छैटौँ गोल गरिन् । खेलको इन्जुरी समयमा अनमोलले पाकिस्तानको लागि सातौँ गोल गरिन् ।

अर्को खेलमा बंगलादेश र भारत बेलुकी साढे ५ बजे भिड्नेछन् । सेमिफाइनलमा स्थान पक्का गरिसकेका दुई राष्ट्र समूह विजेता बन्नको लागि मैदानमा प्रतिस्पर्धा गर्नेछन् । समूह बी का भुटान र नेपाल भने सेमिफाइनल पुगी सकेका छन् । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved