पहिलो हाफमा पाकिस्तानको अग्रता

नेपालभ्युज

पहिलो हाफमा पाकिस्तानको अग्रता


काठमाडौं।
साफ महिला च्याम्पियनसिप फुटबलमा माल्दिभ्स र पाकिस्तानबीच अहिले प्रतिस्पर्धा भईरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफमा पाकिस्तानले अग्रता लिएको हो ।

पाकिस्तानको लागि रमिन फरिदले गोल गरिन्। रमिनले खेलको ३९औँ मिनेटमा गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाइन् । सेमिफाइनलको दौडबाट बाहिरिसकेका दुवै राष्ट्र सान्त्वना जितको खोजीमा रहेका छन् । 

अर्को खेलमा बंगलादेश र भारत बेलुकी साढे ५ बजे भिड्नेछन् । सेमिफाइनलमा स्थान पक्का गरिसकेका दुई राष्ट्र समूह विजेता बन्नको लागि मैदानमा प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’ का भुटान र नेपाल भने सेमिफाइनल पुगिसकेका छन् । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved