महानगरको ‘डोजर एक्सन’ जारी, माछापोखरी क्षेत्रको अवैध संरचना भत्काइँदै

गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत भत्काउने काम भइरहेको छ। अवैध संरचना भत्काउन महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा टोली खटिएको छ।

नेपालभ्युज

महानगरको ‘डोजर एक्सन’ जारी, माछापोखरी क्षेत्रको अवैध संरचना भत्काइँदै

काठमाडौं। काठमाडौं महानगरपालिकाले आज सोमबार पनि अवैध संरचना भत्काउने क्रम जारी राखेको छ। महानगरले नक्सा पास नगरी बनाएका संरचनाहरूमा डोजर लगाउने क्रममा काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको हो।

गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत भत्काउने काम भइरहेको छ। अवैध संरचना भत्काउन महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा टोली खटिएको छ।

नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार महानगरभित्र निर्माण भएका अनधिकृत संरचनाबारे महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको छ।
महानगरले यसअघि ३५ दिन भित्र अवैध संरचना हटाउनु भनी सार्वजनिक सूचना जारी गरेको थियो। सूचनाको अवज्ञा गरेपछि महानगर डोजर लिएर भत्काउन निस्केको हो। यसअघि महानगरले विभिन्न क्षेत्रको संरचना भत्काएको छ। अन्डरग्राउन्ड पार्किङको नक्सापास गरेर व्यापारिक प्रयोजन भएका ठाउँ खाली गर्दै पार्किङ गराउने अभियान समेत थालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved