जनकपुरधाम । नेपाली कांग्रेसको मधेश प्रदेश समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निणर्य गरेको छ । प्रदेश प्रचार प्रसार समिति संयोजक नितेश गुप्ताले सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेशमा सबैभन्दा धेरै जनाधार कांग्रेस भएको हुँदा ६० प्रतिशत सिट पाउनुपर्ने निणर्य गरेको जानकारी दिए।
बैठकले जिल्लाबाट आएका सबै उम्मेदवारको सिफारिसलाई केन्द्रमा पठाउने निणर्य गरेको छ । गुप्ताका अनुसार सिफारिसमा नपरेका आकांक्षीले पनि निवेदन दिएपछि उनीहरूको नाम पनि केन्द्रमा पठाउने निणर्य भएको हो । यस अनुसार प्रदेश समितिमा निवेदन दिएका अमरेश सिंहको नाम पनि केन्द्रमा पठाइने भएको छ ।
२०७४ को निर्वाचनमा सर्लाही-४ बाट विजयी भएका अमरेशको नाम यसपटक क्षेत्रीय समितिले सिफारिस नगरी महामन्त्री गगन थापाको नाम सिफारिस गरेको छ ।
Facebook Comment
Comment