पानी पर्नेबित्तिकै सडक अवरुद्ध हुँदा मारमा स्थानीय

पानी पर्नेबित्तिकै सडक अवरुद्ध हुँदा मारमा स्थानीय

सिन्धुपाल्चोक । पानी पर्नेबितिक्कै फड्केश्वर–साँखु सडक अवरुद्ध हुँदा यातायातका साधन अलपत्र पर्नुका साथै यात्रु मारमा परेका छन् । काठमाडौँको शङ्करापुर नगरपालिका सेल्फी डाँडामा बाटो हिलो हुँदा यातायातका साधन पानी पर्नेबितिक्कै फस्ने गर्छन् ।

यहाँ अहिले सडकको काम भइरहेको छ । यस सडक हुँदै मेलम्ची, हेलम्बु, पाँचपोखरी तथा इन्द्रावती जाने सवारीसाधन चल्ने गरेका छन् । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले त्यहाँका जनप्रतिनिधि र ठेकेदारवालासँग पटकपटक सडक मर्मतका लागि आग्रह गर्दासमेत बेवास्ता गरेका कारण यस रुट हुँदै चल्ने सवारीसाधनले दैनिक यस्ता समस्या भोग्नुपरेको बताए ।

बुधबार गाडी फस्दा दिनभरि अलपत्र परेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका राम गोलेले गुनासो गरे । ठेकेदारले ध्यान नदिँदा यो ठाँउबाट गाउँगाउँ जाने र बेलैमा गन्तव्य पुग्नका लागि हिँडेका यात्रु बाटो बन्द भएसँगै मारमा परेका छन् । मेलम्ची नगर प्रमुख तामाङले यातायातका साधन सहजरूपमा आवतजावत गर्ने वातावरण मिलाउन सम्बन्धित निकायलाई आग्रह गरे।

शङ्करापुर नगरपालिका प्रमुख रमेश नापितले ठेकेदार तथा सडक डिभिजन कार्यालयमै पटकपटक आग्रह गर्दा पनि काम नभएको बताए। ठेकदारले आफ्नो ठेक्का अवधि बाँकी रहेको भन्दै नटेरेको नापितले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved