जनकपुरधाम। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १०० सिट नपाए विद्रोह हुने बताएका छन् ।
बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने र त्यति संख्यामा सिट नपाएमा विद्रोह हुन सक्ने बताएका हुन् ।
‘बहुमत बनाउन त कम्तीमा पनि १०० सिट त लिनुपर्यो । नत्र बहुमत कहाँबाट बन्छ ? उहाँ (अन्य दल) हरु १०० सिट दिने पक्षमा हुनुहुन्न ।…१६५ सिटमा हामी उठ्यौं भने आकांक्षी नपुग्ने अवस्था छ’ उनले भने ।
उनले सरकार बनाउन मात्र गठबन्धन गर्नेबारे सोचेको भए भविष्यमा सबै अप्ठेरोमा पर्ने धारणा राखे । त्यसैले वैदेशिक नीतिलगायतका विषयमा गठबन्धनमा रहेका सबै दलको न्यूनतम साझा सहमति हुनुपर्ने कोइरालाको भनाइ छ ।
Facebook Comment
Comment