काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति पाएको छ ।
जिल्ला अदालत, काठमाडौंले सिंहविरुद्ध अनुसन्धानका लागि थप समय हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले बताए । यद्यपि, बोहराले पाँचै दिन सिंहलाई हिरासतमा भने नराखिने बताए । उनले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुग्ने बताए ।
क्षमायाचना गरेर भिडियो हटाए पनि एक साताभन्दा लामो समयदेखि हिरासतमा राखिएको भन्दै क्षितिजको रिहाइको माग भइरहेको छ । सामाजिक सञ्जालदेखि संसदसम्म उनको रिहाइका लागि माग उठेको छ । यसअघि, अपूर्वका परिवार र नेवाः समुदायका अभियन्ताबीच छलफल भएर क्षमापत्र लेखाएर उनलाई छुटाउने प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।
Facebook Comment
Comment