वसुन्धारा क्षेत्रमा चलाइयो महानगरको डोजर

नेपालभ्युज

वसुन्धारा क्षेत्रमा चलाइयो महानगरको डोजर

काठमाडौं। काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ ।

बुधबार बिहान महानगरको टोलीले काठमाडौंको वसुन्धारा क्षेत्रमा रहेका अनधिकृत संरचनालाई डोजर लगाएर हटाएको छ । सो क्षेत्रमा नक्सापासविपरीत बनाइएका घर-टहरा र सडक मिचेर बनाइएका कम्पाउन्ड पनि भत्काइएको छ ।

महानगरले सडकछेउमा फुटपाथ अतिक्रमण गरेर व्यापार नगर्न चेतावनी दिएको छ । महानगरले नक्सापास नगरी निर्माण गरिएका र नक्सामा उल्लेखभन्दा फरक रूपमा प्रयोग गरिएका संरचना हटाउने कार्यलाई तीव्रता दिएको जनाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved