बालुवाटारको जग्गा काण्डका भ्रष्टाचार आरोपी गच्छदार पनि कांग्रेसबाट उम्मेदवार सिफारिस

नेपालभ्युज

बालुवाटारको जग्गा काण्डका भ्रष्टाचार आरोपी गच्छदार पनि कांग्रेसबाट उम्मेदवार सिफारिस

सुनसरी । नेपाली कांग्रेसले भ्रष्टाचारको आरोपमा संसदबाट निलम्बनमा परेका विजयकुमार गच्छदारलाई उम्मेदवार सिफारिस गरेको छ । कांग्रेसले सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले सर्वसम्मत रूपमा गच्छदारको नाम उम्मेदवारमा सिफारिस गरेको हो ।

बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने काममा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । कानून अनुसार त्यो मुदा अदालतबाट छिनोफानो नहुँदासम्म गच्छदार उम्मेदवारसमेत हुन पाउँदैनन् । तर, पनि क्षेत्रीय समितिले उनलाई उम्मेदवार सिफारिस गरेको छ ।

भ्रष्टाचारको आरोपमा अदालत मुद्दा दर्ता भएपछि २०७६ माघमा उनी सांसदबाट निलम्बनमा परेका थिए । मुद्दा दर्ता भएपछि सम्पर्क विहीन भएका उनी शेरबहादुर देउवा प्रधानमन्त्री भएकै दिन अदालतमा हाजिर भएका थिए । र उनी १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

यसअघि, कांग्रेसले रौतहटमा बम विस्फोट गराएको र जिउँदा मान्छेलाई इँटाभट्टामा जलाएको आरोपमा जेलमा रहेका मोहमद अफताब आलमलाई उम्मेदवार सिफारिस गरेपछि चर्को आलोचना भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved