अर्जेन्टिनी उपराष्ट्रपतिको हत्या प्रयास, एक पक्राउ (भिडियोसहित)

नेपालभ्युज

अर्जेन्टिनी उपराष्ट्रपतिको हत्या प्रयास, एक पक्राउ (भिडियोसहित)

काठमाडौं । अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयास भएको छ ।

प्रहरीले उपराष्ट्रपति फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयासको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । आरोपितले उपराष्ट्रपतिको हत्या गर्ने नियतले बन्दुक प्रहार गरेको प्रहरीले जनाएको छ ।

बिहीबार राति भएको घटनामा क्रिस्टिना आफ्नो घरबाहिर समर्थकहरूको बीचमा थिइन् । सोही क्रममा एक अज्ञात व्यक्तिले बन्दुक प्रहार गर्न खोजेको देखिन्छ । नजिक भएका मानिसहरूले बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा शरीरमा जोडेर बन्दुक प्रहार गर्न खोजेजस्तो देखिन्छ ।

बीबीसीले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेट डे किर्चनर घरबाहिर समर्थकहरूलाई अभिवादन गरिरहेकी बेला भीडबाट निस्किएको एक व्यक्तिले उनको अनुहार ताकेर हातेबन्दुक देखाएको जनाएको छ । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बन्दुकमा पाँचवटा गोली भरिएको तर चलाउँदा गोली लाग्न असफल भएको बताएका छन् । उपराष्ट्रपति अहिले भ्रष्टाचारको मुद्दा खेपिरहेकी छिन् । यो घटना घट्दा उनी अदालतबाट घर फर्कंदै थिइन् । उनले भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएकी छिन् ।

अर्जेन्टिनाका सुरक्षामन्त्री अगुस्टिन रोसीले स्थानीय समाचार च्यानल सीफाइभएन लाई घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । ‘आक्रमणकारीले उपराष्ट्रपतिको अनुहार नजिकै बन्दुक राखेका थिए । घटनाका क्रममा अराजकता भएको थियो,’ उनले भने, ‘संदिग्ध व्यक्ति क्रिस्टिनाको अगाडि देखा पर्ने बित्तिकै उनका सुरक्षा गार्डहरू सक्रिय भए ।’

स्थानीय सञ्चार माध्यमहरूका अनुसार आफूलाई ब्राजिलियन भनेर चिनाउने एक युवकलाई प्रकाउ गरेको प्रहरीले हिरासतमा लिएको छ । प्रहरीले आक्रमणको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

बिहीबार राति राष्ट्रलाई सम्बोधन गर्दै फर्नान्डेजले आक्रमणकारीको निन्दा गरे र सन् १९८३ मा लोकतन्त्र फर्किएपछि कै सबैभन्दा गम्भीर घटनाको रूपमा यसलाई चित्रित गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved