महानगरले बन्द गर्दै ठुलो साइजका डिजिटल बोर्ड, मापदण्डभित्रका यथावत् रहने (फोटोहरू)

अन्डरग्राउन्ड पार्किङका लागि अनुमति लिएका तर, व्यापारिक प्रयोजन गरिरहेका ठाउँ खाली गर्ने अभियान चलाइरहेको महानगरले डिजिटल बोर्ड हटाउने अभियान थालेको हो।

नेपालभ्युज

महानगरले बन्द गर्दै ठुलो साइजका डिजिटल बोर्ड, मापदण्डभित्रका यथावत् रहने (फोटोहरू)

काठमाडौं। काठमाडौं महानगरले महानगरले स्वीकृत मापदण्डभन्दा बढी साइजका डिजिटल बोर्ड हटाउने अभियान थालेको छ। अन्डरग्राउन्ड पार्किङका लागि अनुमति लिएका तर, व्यापारिक प्रयोजन गरिरहेका ठाउँ खाली गर्ने अभियान चलाइरहेको महानगरले डिजिटल बोर्ड हटाउने अभियान थालेको हो।

स्वीकृत मापदण्डमा ८ सय स्क्वायर फिटमा मात्रै डिजिटल होडिङ बोर्ड राख्न पाइनेछ। तर, बढी क्षेत्रफल ओगटेर राखिएको बोर्ड हटाइन थालिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

अभियानअन्तर्गत त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराइएको छ। सो बोर्डले १६ सय स्क्वायर फिटभन्दा बढी क्षेत्रफल ओगटेको थियो। बोर्डले भवनको झ्यालसमेत छेकेको थियो। अरू मापदण्डभित्र रहेका बोर्ड भने यथावत् रहनेछन्।

तस्वीर : सुनील महर्जन/नेपालभ्युज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved