समान सेवा सुविधाको माग गर्दै सिङ्गापुर गोर्खा सैनिकका परिवारको माइतीघरमा प्रदर्शन

नेपालभ्युज

समान सेवा सुविधाको माग गर्दै सिङ्गापुर गोर्खा सैनिकका परिवारको माइतीघरमा प्रदर्शन

काठमाडौं। काठमाडौं। गोर्खा भूतपूर्व सैनिक संगठन, सिंगापुर (बिगेसो)ले समान सेवा सुविधाको पहल गर्न माग गर्न सरकारको ध्यानाकर्षणको लागि प्रदर्शन गरेको छ । सेवा, सुविधामा ठगिएको भन्दै न्याय र समानताका लागि गुनासो गर्दै आएका सिंगापुरका भूपू गोर्खा सैनिकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

नेपाल सरकारले आफूहरूलाई विभेद र अन्यायपूर्ण व्यवहार गरेकाे भन्दै  सिङ्गापुर गोर्खा सैनिकका परिवारले माइतीघरमा आन्दोलन गर्दै आएका छन् । उनीहरूले सिंगापुरका पूर्व गोर्खा सैनिकका पत्नीलाई पेनसन र अन्य सेवा-सुविधा दिन माग गरेका छन् ।

उनीहरूले आफूहरूमाथि भएको विभेद र अन्याय अन्त्यका लागि सरकारसँग पहलको मागसमेत गरेका छन् ।

तस्वीर : सुनील महर्जन/नेपाल भ्युज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved