नेपालद्वारा केन्या ४ विकेटले पराजित

नेपालभ्युज

नेपालद्वारा केन्या ४ विकेटले पराजित

काठमाडौं । केन्या विरुद्धको तेस्रो टि-ट्वान्टी क्रिकेटमा नेपाल ४ विकेटले विजयी भएको छ ।

नैरोबीमा आइतबार भएको खेलमा १ सय ५७ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर ४ बल बाँकी हुँदै पुरा गरेको थियो । जीतसँगै ५ वटा टि-ट्वान्टीको श्रृंखलामा नेपालले २-१ को अग्रता बनाएको छ ।

नेपालका ज्ञानेन्द्र  मल्लले सर्वाधिक ४६ रन बनाए । उनले ४१ बल खेल्दै १ छक्का र ४ चौका प्रहार गरेका थिए । अर्जुन साउदले ३५, रोहित पौडेलले २९, पवन सर्राफले २० तथा मोहम्मद आदिल अलामले १७ रनको योगदान गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । केन्याका लागि रकेप पटेलले ७३ रन र इरफान करिमले ५५ बनाए । नेपालका लागि सोमपाल कामी र आदील अन्सारीले १/१ विकेट लिए ।

नेपालले टी-ट्वान्टी अन्तराष्ट्रियमा पूरा गरेको यो सर्वाधिक ठूलो स्कोर हो । चौंथो टी-ट्वान्टी भोलि सोमबार र पाँचौ तथा अन्तिम टी-ट्वान्टी मंगलबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved