काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा ५६५ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार २३७ पीसीआर परीक्षणमा ५६५ जनामा सङ्क्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हजार १६७ एन्टिजेन परीक्षणमा १३ जनामा सङ्क्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ४०४ परीक्षणमा ५९६ संक्रमित भएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ८ लाख २ हजार १९८ पुगेको छ।
२४ घण्टामा थप ८७१ जना संक्रमणमुक्त भएका छन्। हालसम्म निको हुनेको सङ्ख्या ७ लाख ७५ हजार ९४३ रहेको छ। नेपालमा कोरोना सङ्क्रमणबाट थप १० जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २३१ पुगेको छ।
हालसम्म देशभर ४२ लाख ८८ हजार ९३८ नमुनाको पीसीआर परीक्षण भएको छ। क्वारेनटाइनमा २३४ जना रहेका छन् भने आइसोलेसनमा रहनेको सङ्ख्या १५ हजार २४ छ। २४ घण्टामा खोप लगाएकाको सङ्ख्या ७८ हजार ९२७ रहेको छ।
Facebook Comment
Comment