काठमाडौं। सरकारले अजय सुमार्गीको ‘हेलो नेपाल’ कम्पनीको लाइसेन्स खारेज गरेको छ । लामो समय बक्यौता नतिरेपछि कम्पनीको लाइसेन्स सरकारले खारेज गरिदिएको हो । गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले नै हेलो नेपाल खारेज गरेको हो ।
विगत ५ वर्षदेखि हेलाे नेपाल स्याटेलाइट टेलिकमले युनिफाइड लाइसेन्स बापतको नवीकरण दस्तुर, फ्रिक्वेन्सी, रोयल्टीलगायत विभिन्न शीर्षकमा झन्डै एक अर्ब रुपैयाँ बढी भुक्तानी गर्न बाँकी छ ।
‘गत बिहीबार बसेको क्याबिनेटको बैठकले लाइसेन्स खारेज गरेको जानकारी आएको छ तर, प्राधिकरणमा हालसम्म कुनै पत्र आइसकेको छैन’ । नेपाल दूर सञ्चार प्राधिकरणका एक अधिकारीले भने । उनले गतहप्ता बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज गरेको पनि बताए ।
हेलो नेपालको लाइसेन्स २०७६ भदौमा पनि नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको थियो । तर, सरकारसँग पुनरावलोकन निवेदन दिएर तत्कालीन केपी शर्मा ओलीको सरकारले जोगाउँदै पाँचवर्षे किस्ता सुविधा दिएको थियो ।
किस्ता सुविधा दिए पनि हेलाे नेपालले हालसम्म कुनै रकम बुझाउन सकेको छैन । सुमार्गीको कम्पनी हेलो नेपाल अहिले सञ्चालनमा छैन । यद्यपि, शक्तिको आडमा टेलिकमको लाइसेन्स र फ्रिक्वेन्सी होल्ड गरेर बसिरहेको थियो ।
Facebook Comment
Comment