बक्यौता नतिरेपछि अजय सुमार्गीको टेलिकम कम्पनी ‘हेलो नेपाल’ खारेज 

नेपालभ्युज

बक्यौता नतिरेपछि अजय सुमार्गीको टेलिकम कम्पनी ‘हेलो नेपाल’ खारेज 

काठमाडौं। सरकारले अजय सुमार्गीको ‘हेलो नेपाल’ कम्पनीको लाइसेन्स खारेज गरेको छ । लामो समय बक्यौता नतिरेपछि कम्पनीको लाइसेन्स सरकारले खारेज गरिदिएको हो ।  गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले नै हेलो नेपाल खारेज गरेको हो ।

विगत ५ वर्षदेखि हेलाे नेपाल स्याटेलाइट टेलिकमले युनिफाइड लाइसेन्स बापतको नवीकरण दस्तुर, फ्रिक्वेन्सी, रोयल्टीलगायत विभिन्न शीर्षकमा झन्डै एक अर्ब रुपैयाँ बढी भुक्तानी गर्न बाँकी छ ।

‘गत बिहीबार बसेको क्याबिनेटको बैठकले लाइसेन्स खारेज गरेको जानकारी आएको छ तर, प्राधिकरणमा हालसम्म कुनै पत्र आइसकेको छैन’ । नेपाल दूर सञ्चार प्राधिकरणका एक अधिकारीले भने । उनले गतहप्ता बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज गरेको पनि बताए ।

हेलो नेपालको लाइसेन्स २०७६ भदौमा पनि नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको थियो । तर, सरकारसँग पुनरावलोकन निवेदन दिएर तत्कालीन केपी शर्मा ओलीको सरकारले जोगाउँदै पाँचवर्षे किस्ता सुविधा दिएको थियो ।

किस्ता सुविधा दिए पनि हेलाे नेपालले हालसम्म कुनै रकम बुझाउन सकेको छैन ।  सुमार्गीको कम्पनी हेलो नेपाल अहिले सञ्चालनमा छैन । यद्यपि, शक्तिको आडमा टेलिकमको लाइसेन्स र फ्रिक्वेन्सी होल्ड गरेर बसिरहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved