काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणासम्मको राजीनामा मागेका छन्।
निहीत स्वार्थमा विधि, प्रणाली र नैतिकता मिचेर देशलाई संकततर्फ धकेलेको भन्दै उनले प्रधानमन्त्री, प्रधानन्यायाधीश र गठबन्धनका शीर्ष नेताहरूको नेतामाथि नैतीकताका प्रश्न गरेका हुन्।
आफ्नो नेतृत्वमा सरकार बनेको ८८ दिनपछि शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिएका थिए। मन्त्रिमण्डल विस्तारका क्रममा प्रधानन्यायाधीश राणाका जेठान नाता पर्ने गैरसांसद् गजेन्द्र हमाललाई पनि मन्त्री बनाइएको थियो। सरकार विस्तार हुनु अघि नै सरकारमा प्रधानन्यायाधीशले भाग खोजेको चर्चाअनुसार हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए। व्यापक आलोचनापछि उनले आज मन्त्रीबाट राजीनामा दिएका छन्।
हमालको राजीनामापछि रावलले देउवा, राणासहित शीर्ष नेताको नैतीकतामाथि प्रश्न उठाएका हुन्।
Facebook Comment
Comment