काठमाडौं। नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ । पार्टी कार्यालय सानेपाबाट साढे दुई बजे शव यात्रासहित पशुपति लगिएको छ । शवयात्रा सानेपा, सातदोवाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशला भएर पशुपति आर्यघाट पुगेको छ ।
आर्यघाटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारी तथा सदस्य, अन्य दलका शीर्ष नेताहरूले श्रद्धाञ्जली दिएपछि नेपाल प्रहरीको एक टुकुडीले उनको सम्मानमा सलामी अर्पण गरिने कार्यक्रम छ ।

प्रतिनिधिसभा सदस्य गिरिको पार्थिव शरीरलाई श्रद्धाञ्जलि अर्पण गर्न आज बिहान ११ः३० देखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा राखिएको थियो । उनको उपचारको क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा भदौ ४ गते राति ९ः३० बजे निधन भएको हो


Facebook Comment
Comment