बर्दीमै अश्लील नृत्य गर्ने प्रहरीका सई कारबाहीमा

रौतहटमा सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका एक जना सई कारबाहीमा परेका छन्। रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुख सई राजकिशोर साह कारबाहीमा परेका हुन्।

नेपालभ्युज

बर्दीमै अश्लील नृत्य गर्ने प्रहरीका सई कारबाहीमा

काठमाडौं। रौतहटमा सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका एक जना सई कारबाहीमा परेका छन्। रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुख सई राजकिशोर साह कारबाहीमा परेका हुन्।

प्रहरीको बर्दीमा नै नर्तकीसित अश्लील नृत्य गरेपछि नेपाल प्रहरीको समेत चारैतिर आलोचना भएको छ।

कृष्णाष्टमीको अवसरमा आयोजित मेलाको अवसरमा गरिएको नृत्यमा बर्दीमा नै सई साहले सयौँ दर्शकको अगाडि अश्लील नृत्य गरेका थिए। धार्मिक मेलाको अवसरमा आयोजक समितिले अश्लील भोजपुरी गीतको नृत्य आयोजना गरेपछि मातिएर सई साह स्टेजमा नै चढेर नर्तकीसित टाँसिई टाँसिई अश्लील नृत्य गरेपछि प्रहरीको आलोचनासँगै भिडिओ भाइरल भएको छ।

शान्ति सुरक्षामा रहनुपर्ने प्रहरी नै अश्लील नृत्य गर्न थालेपछि प्रहरीको आलोचना व्यापक भएको छ। सईको आलोचना भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले सई साहलाई कारबाहीको लागि तानिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved