दाङ। दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरका एक सुनचाँदी व्यापारी‘हनी ट्रयाप’मा परेका छन् । उनलाई ४ महिला र ३ जना पुरुष मिलेर योजनाबद्धरूपमा हनी ट्रयापमा पारेको आरोपमा प्रहरीले ४ महिला र एकजना पुरुषसहित ५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । योजनामा संलग्न अरु २ जना फरार छन् ।
आरोपीहरूले ट्रयापमा पारेपछि व्यापारीलाई घोराही उपमहागरपालिका–१३ स्थित बडहरामा लगेर १ लाख नगद र ११ लाख बराबरको चेक लिएर छाडेको दाङका एसपी सुरेश काफ्लेले बताए ।
सो कसुरमा संलग्न आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–१० बस्ने ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली, २२ वर्षीया शर्मिला नेपाली र रोल्पा घर भएका ४० वर्षीय दिलिपकुमार वलीलाई पक्राउ गरेको छ । साउन २७ मा पक्राउ गरेर उनीहरूलाई थप प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Facebook Comment
Comment