नागरिकता विधेयक आजै पारित गर्ने कार्यसूची तयार

नेपालभ्युज

नागरिकता विधेयक आजै पारित गर्ने कार्यसूची तयार
फाइल तश्वीर

काठमाडौं । संसद्ले नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख छ ।

राष्ट्रपतिले पुनर्विचारका लागि भनेर प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको विधेयक हुबहु पारित गर्न लागिएको हो । ३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाएको विधेयक हुबहु अघि बढाउने निर्णय गरेको थियो ।

संसदका दुवै सदनबाट पास भइसकेको नागरिकतासम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए । तर, राष्ट्रपति भण्डारीले  नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरी १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् ।

आजको कार्यव्यवस्था परामर्श समितिको बैठमा नागरिकता विधेयकमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाउनुपर्ने नेकपा एमालेको धारणा रहे पनि माग  संसद् सचिवालयले आजै विधेयक पारित गर्ने विषय कार्यसूचीमा चढाएको छ । संसद् बैठक अहिले जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved