काठमाडौं। बञ्चरेडाँडामा फोहोर विसर्जन गर्ने क्रममा स्थानीयले अवरोध गरेपछि नेपाल प्रहरीका दुईजना एसपीको कमाण्डमा दुई सयभन्दा धेरै प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली र नुवाकोटका एसपी रमेश पण्डित नेतृत्वको टिम परिचालन गरिएको छ ।फोहोर विसर्जनस्थलमा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका डिएसपी दामोदर ढोडारीको नेतृत्वमा बञ्चरे डाँडामा डेढ सय भन्दा बढी सशस्त्र प्रहरी खटिएका छन् ।
यसैबीच, बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फोहोर विसर्जनमा अवरोध गर्दा उनलाई पक्राउ गरिएको नुवाकोटका एसपी रमेश पण्डितले बताए ।
मंगलबार फोहोर बिसर्जनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको थियो । अहिले भने सहज रूपमा फोहोर विसर्जनको काम भइरहेको एसपी पण्डितले जानकारी दिए ।
Facebook Comment
Comment