चुनावमा मिलेर जान त्रिपाठीलाई एमाले अध्यक्ष ओलीको आग्रह

नेपालभ्युज

चुनावमा मिलेर जान त्रिपाठीलाई एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीसँग भेटेर मिल्न आग्रह गरेका छन् ।

सोमबार आफ्नै निवासमा त्रिपाठीसँग भेटेर अध्यक्ष ओलीले आगामी चुनावमा मिलेर जान आग्रह गरेका हुन् । भेटमा नागरिकता विधेयक र चुनावी गठबन्धनबारे छलफल भएको  त्रिपाठीले बताए ।

स्वतन्त्र राजनीतिक समूहका तर्फबाट त्रिपाठी र वृजेशकुमार गुप्ताले २०७४ को प्रतिनिधिसभा चुनावमा सूर्य चिन्ह लिएर प्रतिस्पर्धा गरेका थिए । गुप्ता हाल एमाले प्रवेश गरिसकेका छन् । त्रिपाठीले भने छुट्टै दल बनाएका छन् ।
यसअघि उनले आगामी चुनावमा सूर्य चिन्हबाट नलड्ने बताएका थिए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved