काठमाडौं । सरकारले सबै राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड आइतबार स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले यही साउन १ गतेदेखि लागू हुनेगरी आर्थिक वर्ष २०७९/८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको हो ।
यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने, ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने ।’
मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि मन्त्रालयअन्तर्गत विभिन्न आयोजनाहरूका लागि राजपत्रांकित श्रेणीका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।
Facebook Comment
Comment