म्यानमारमा प्रजातन्त्रबादी कार्यकर्तालाई मृत्युदण्ड दिइएकोमा भारतको चिन्ता

नेपालभ्युज

म्यानमारमा प्रजातन्त्रबादी कार्यकर्तालाई मृत्युदण्ड दिइएकोमा भारतको चिन्ता
A person shows three-finger salute while holding a placard during a rally of Myanmar protesters residing in Japan, outside the stadium before the FIFA World Cup Asia Qualifiers soccer match Japan v Myanmar at Fukuda Denshi Arena in Chiba, east of Tokyo, Japan May 28, 2021. REUTERS/Issei Kato - RC2WON9ZBVTS

दिल्ली। भारतले बिहीबार म्यानमारमा प्रजातन्त्रबादी कार्यकर्ताको हालैको मृत्युदण्ड बारे चिन्ता व्यक्त गरेको छ।

’हामीले म्यानमारमा भएका घटनाक्रमलाई गहिरो चासोका साथ नोट गरेका छौँ,’ विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले म्यानमारको सत्तारुढ दलद्वारा चार प्रजातन्त्रबादी कार्यकर्तालाई मृत्युदण्ड दिएकोमा भने।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बागचीले भने, ‘छिमेकी राष्ट्र भएकाले हामीले (म्यानमारमा) समस्याको शान्तिपूर्ण समाधानको आवश्यकतालाई सधैँ उजागर गरेका छौँ। विधिको शासन र लोकतान्त्रिक प्रक्रिया चल्नुपर्छ। म्यानमारका जनताको मित्रको हैसियतमा हामी म्यानमारको लोकतन्त्र र स्थायित्वमा फर्कनलाई निरन्तर समर्थन गर्नेछौँ,’ उनले थपे।

म्यानमारको सैन्य शासक जुन्टाले चार जनालाई मृत्युदण्ड दिइएको बताएको थियो ।

संयुक्त राज्य अमेरिकाले म्यानमारको सेनाले चार प्रजातन्त्र समर्थक नेता र निर्वाचित अधिकारीहरूलाई मौलिक स्वतन्त्रताको प्रयोग गर्दा मृत्युदण्ड दिएकोमा निन्दा गरेको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले म्यानमारको सेनाले प्रजातन्त्र समर्थक चार कार्यकर्ता र निर्वाचित नेताई मृत्युदण्ड दिएकोमा निन्दा गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved