असोज २३ देखि ‘नेपाल सुपर लिग’ आयोजना गर्ने एन्फाको निर्णय

नेपालभ्युज

असोज २३ देखि ‘नेपाल सुपर लिग’ आयोजना गर्ने एन्फाको निर्णय

काठमाडौं । नेपाल फुटबल एसोसिएसन (एन्फा)ले नेपाल सुपर लिग (एनएसएल) को आयोजना गर्न मिति तय गरेको छ । बुधबार बसेको एन्फा कार्यसमिति बैठकले असोज २३ देखि मङ्सिर २ गतेसम्म एनएसएल आयोजनाका लागि मिति तय गरेको हो ।

एनएसएल गर्ने नगर्ने विषयमा अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा समिति तयार पारेको थियो । तर, छलफलका क्रममा नै एनएसएलका लागि मिति तय भएको हो ।

‘समिति गठन भएको हो । तर, छलफलका क्रममा निर्णय भएपछि असोज २३ का लागि मिति दिएको हो,’ बैठकमा सहभागी एक सदस्यले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved