सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन, कारोबार एक अर्ब ७६ करोडमा खुम्चियो

नेपालभ्युज

सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन, कारोबार एक अर्ब ७६ करोडमा खुम्चियो

काठमाडौं ।  बिहीबार पनि सेयर बजार राताम्य देखिएको छ । सेयर बजार परिसूचक नेप्से आज १९ दशमलव शून्य ६ अंकले घटेर दुई हजार ३७ दशमलव ८३ विन्दुमा झरेको छ ।

आज सबै समूहको सेयर घटेकोमा उत्पादन, बिमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको छ । दुई सय २३ वटा कम्पनीकाे ६२ लाख ९८ हजार कित्ता सेयर एक अर्ब ७६ करोड १० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको सात करोड २७ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज युनिलिभर नेपालको सेयर आठ प्रतिशतभन्दा धेरै र बुद्धभूमि नेपाल हाइड्रोको सेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घट्दा पनि हिमालयन हाइड्रोपावर र अपर हेवा खोला जलविद्युतको सेयर भने १० प्रतिशतले बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved