काठमाडौं उपत्यकाका खोलामा ठूलो बाढी, काँडाघारीको प्रहरी चौकी डुब्यो

मंगलबार रातीको ठूलो वर्षाका कारण वाग्मती, विष्णुमती मनोहरा, हनुमन्ते लगायतका खोला र नदीमा बाढी आएको हो ।

नेपालभ्युज

काठमाडौं उपत्यकाका खोलामा ठूलो बाढी, काँडाघारीको प्रहरी चौकी डुब्यो
फाइल तश्वीर

काठमाडौं। काठमाण्डौ उपत्यकाका नदी तथा खोलाहरुमा बाढी आएको छ । मंगलबार रातीको ठूलो वर्षाका कारण वाग्मती, विष्णुमती मनोहरा, हनुमन्ते लगायतका खोला र नदीमा बाढी आएको हो ।

बाढीका कारण खोला नदी छेउछाउका वस्ती डुवानमा परेका छन् । मनोहरा खोलाको बाढीले भक्तपुरको सुकुम्बासी बस्ती डुवेको छ भने केहि टहरा बगेका छन् । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको छ ।

यस्तै, मनोहरा खोला नजिक रहेका बङ्गुर तथा कुखुरा फार्मसमेत बाढीले बगाएको छ  । प्रहरी तथा उद्धार टोली खटिएका छन् ।

बाढीले प्रहरी प्रभाग काँडाघारीको भवन डुबानमा परेको छ । कार्यालय भवनको एक तल्लाको पुरै भाग डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बगाएको प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख छ । प्रहरीका अनुसार कार्यालयको पछाडि पार्किङ गरेर राखिएका तीनवटा मोटरसाइकल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

कम्प्युटर, इन्टरनेट, सन्चार उपकरणको बेस सेटले काम नगरेको र बत्ती नहुँदा कार्यालयको फोनसमेत बन्द भइसकेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved