काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एकै दिन ८४ जनामा कोरोना संक्रमण देखिएको छ । गत २४ घण्टामा एक हजार १०७ को परीक्षण गर्दा ८४ मा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमित हुनेमा सबैभन्दा बढी कञ्चनपुरका ४२, कैलालीका ३३, अछामका चार, दार्चुलाका दुई र बझाङ, डोटी र बैतडीका एक/एक जना रहेका छन् । तीमध्ये भारतबाट फर्किएका ४२ मा संक्रमण पुष्टि भएको हो । गड्डाचौकी नाकाबाट फर्किएका २३, गौरीफन्टा नाकाबाट १६, पुलघाट नाकाबाट दुई र झुलाघाट नाकाबाट फर्किएका एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यसअघि सोमबार यस प्रदेशमा एक सय २१ मा सङ्क्रमण देखापरेको थियो ।
सुदूरपश्चिममा हालसम्म पाँच लाख ६५ हजार सात सय ९२ को कोरोना परीक्षण गरिएकोमा ६० हजार पाँच सय ११ मा सङ्क्रमण देखिएको छ । हालसम्म छ सय ३४ जनाको मृत्यु भइसकेको छ ।
Facebook Comment
Comment