सुदूरपश्चिम कोरोना : भारतबाट फर्किएका ४२ सहित ८४ जनामा संक्रमण

नेपालभ्युज

सुदूरपश्चिम कोरोना : भारतबाट फर्किएका ४२ सहित ८४ जनामा संक्रमण

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशमा एकै दिन ८४ जनामा कोरोना संक्रमण  देखिएको छ । गत २४ घण्टामा एक हजार १०७ को परीक्षण गर्दा ८४ मा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित हुनेमा सबैभन्दा बढी कञ्चनपुरका ४२, कैलालीका ३३, अछामका चार, दार्चुलाका दुई र बझाङ, डोटी र बैतडीका एक/एक जना रहेका छन् । तीमध्ये भारतबाट फर्किएका ४२ मा संक्रमण पुष्टि भएको हो । गड्डाचौकी नाकाबाट फर्किएका २३, गौरीफन्टा नाकाबाट १६, पुलघाट नाकाबाट दुई र झुलाघाट नाकाबाट फर्किएका एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यसअघि सोमबार यस प्रदेशमा एक सय २१ मा सङ्क्रमण देखापरेको थियो ।

सुदूरपश्चिममा हालसम्म पाँच लाख ६५ हजार सात सय ९२ को कोरोना परीक्षण गरिएकोमा ६० हजार पाँच सय ११ मा सङ्क्रमण देखिएको छ । हालसम्म छ सय ३४ जनाको  मृत्यु भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved