रियाद । नेपाली कामदारको प्रमुख श्रम गन्तव्य रहेको साउदी अरबमा श्रम कानुन उल्लंघन गर्ने ९ कामदार भर्ती कार्यालयको लाइसेन्स रद्द गरेको छ ।
साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले ९ भर्ती कार्यालयको लाइसेन्स फिर्ता लिन र अन्य १७ कार्यालयका गतिविधि दुई महिनाका लागि स्थगित गर्न आदेश जारी गरेको हो ।
जुन र जुलाईमा भएको अनुगमनको क्रममा मन्त्रालयका अधिकारीहरूले भर्ना कार्यालयको गतिविधिको अनुगमन तथा निरीक्षणका क्रममा श्रम कानुन उल्लंघन गरेको पत्ता लागेपछि कारबाही गरिएको जनाएको छ ।
नियुक्ति क्षेत्रको अनुगमन गर्न, रोजगारदाताको अधिकारको संरक्षण र यस क्षेत्रलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले गरिएका निर्णयहरूको कार्यान्वयन सुनिश्चित गर्न मन्त्रालयको प्रयासको एक हिस्साका रूपमा दण्डात्मक कदम चालिएको मन्त्रालयलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ ।
Facebook Comment
Comment