नेपाल समाजवादी पार्टीको अध्यक्षमा भट्टराई र यादव

नेपालभ्युज

नेपाल समाजवादी पार्टीको अध्यक्षमा भट्टराई र यादव

काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् ।

उक्त पार्टीको शनिबार ललितपुरमा बसेको बैठकले उनिहरुलाई केन्द्रीय समितिकाे अध्यक्षमा चयन गरेको हो । बैठकले पार्टीको विधानमा व्यवस्था गरिएको संघीय परिषद् अध्यक्ष पद भने खाली राखेको छ ।

बैठकले पार्टी सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाहलाई चयन गरेको छ भने महासचिवमा रमेश यादवलाई चयन गरेको छ ।

बैठकले सातवटा भौगोलिक, एक गैरभौगोलिक र प्रवास गरी ९ प्रदेशको नेतृत्वलाई केन्द्रीय कार्यकारिणी समितिमा थपेको छ ।

प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराती, मधेशमा देवेन्द्र यादव, बागमतीमा अक्लबहादुर थिङ, गण्डकीमा मोती रिजाल रहेका छन् ।

यस्तै लुम्बिनीमा कमल खनाल, सुदूरपश्चिममा डा. जनक शाह, कर्णालीमा देवी बहादुर बुढाथोकी रहेका छन् ।

गैरभौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङ रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए   ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved