ताइवान। ताइवानले चिनियाँ विमान र युद्धपोतले ताइवानमै प्रवेश गरेर आक्रमणको अभ्यास थालेको दाबी गरेको छ ।
चिनियाँ लडाकु विमान तथा युद्धपोतले शनिबार विहानै आफ्नो देशको भूमिमा प्रवेश गरेर टापुमा क्षेप्यास्त्र गरेका ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।
चिनियाँ हवाई सेना ताइवानको क्षेत्रमा प्रवेश गर्न थालेपछि ताइवानले आफ्ना क्षेप्यास्त्र र प्रतिरक्षा प्रणालीलाई तयारी अवस्थामा राखेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
ताइवानको रक्षा मन्त्रालयले पनि किन्मेन टापुहरूमा उडान गरिरहेका सात ड्रोनहरू र मात्सु टापुहरूमा उडान गरिरहेका अज्ञात विमानहरूलाई चेतावनी दिन शुक्रबार ज्वालाहरू प्रहार गरेको बताएको छ। दुवै टापु भूमि चीनको दक्षिणपूर्वी तट नजिकै अवस्थित छन्।
चीनको चेतावनी र आपत्तिलाई वेवास्ता गर्दै अमेरिकी सभामुख न्यान्सी पेलोसीले गत हप्ता ताइवान भ्रमण गरेपछि चीनले ताइवानमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ ।
अभ्यासका क्रममा दर्जनौ चिनियाँ लडाकु विहान ताइवानको क्षेत्रमा प्रवेश गरेका छन् । चीनले अमेरिकासँगका केही महत्त्वपूर्ण सहकार्य स्थगित गर्ने घोषणा गरेको छ ।
चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्ता, अपराध, लागुऔषध तथा गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गर्ने जनाएको हो ।
जलवायु परिवर्तनसहितका मुख्य विषयमा बेइजिङले सहकार्य स्थगित गर्ने घोषणा गरेसँगै ताइवानलाई लिएर चीन र अमेरिकाबीचको विवाद थप गहिरिएको छ ।
यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले ताइवान वरपरको क्षेत्रमा सैन्य गतिविधि बढाउन पलोसीको शान्तिपूर्ण भ्रमणलाई चीनले बहाना मात्रै बनाएको भन्दै आपत्ति जनाउनुभएको थियो
Facebook Comment
Comment