परराष्ट्रमन्त्री खड्का मंगलबार चीन भ्रमणमा जाने

ताइवान मामिलालाई लिएर चीन र अमेरिकाबीच तनाव बढिरहेको बेलामा परराष्ट्रमन्त्री डा. नारायण खड्का आगामी चीन भ्रमणमा जाने भएका छन्। चीनका विदेश मामिलामन्त्री वाङ यीको निमन्त्रणमा उनी मंगलबार चीन जान लागेको हुन्।

नेपालभ्युज

परराष्ट्रमन्त्री खड्का मंगलबार चीन भ्रमणमा जाने
फाइल तस्वीर।

काठमाडौं। ताइवान मामिलालाई लिएर चीन र अमेरिकाबीच तनाव बढिरहेको बेलामा परराष्ट्रमन्त्री डा. नारायण खड्का आगामी चीन भ्रमणमा जाने भएका छन्। चीनका विदेश मामिलामन्त्री वाङ यीको निमन्त्रणमा उनी मंगलबार चीन जान लागेको हुन्।

तीन दिने भ्रमणका लागि उनी जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री खड्का र चीनका विदेश मामिलामन्त्री वाङबीच छिङदाओमा बुधवार द्विपक्षीय वार्ता हुने छ। चिनियाँ विदेशमन्त्री वाङले खड्काको सम्मानमा बुधवार रात्रिभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई मन्त्रीबीचमा हुने छलफलको विषय भने सार्वजनिक गरिएको छैन।

परराष्ट्रमन्त्रीसहितको टोली बिहीबार नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले शुक्रवार जारी गरेको विज्ञप्तिमा जनाइएको छ। बिहीबार सरकारले निर्वाचन घोषणा गरेलगत्तै तय भएको परराष्ट्रमन्त्री खड्काको चीन भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।

केहीसमय यता दुई छिमेकी मुलुक भारत र चीनका उच्च अधिकारीहरूका साथै नेपाली अधिकारीहरूले पनि दुई देशमा भ्रमण गर्ने क्रम बढेको छ। केही समय पहिले अमेरिकी उप विदेशमन्त्रीले समेत नेपालको भ्रमण गरेका थिए।

उक्त मामिलामा चीनले नेपालको सहयोगको अपेक्षा गरेको सार्वजनिक भइरहेको छ। अमेरिकी उच्च अधिकारीहरूले समेत नेपालप्रति चासो राखिरहेका छन्। चीनले आफूविरुद्ध नेपाली भूमि अमेरिकाले प्रयोग गर्न सक्नेतर्फ सचेत गराउने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved