चिनियाँ नागरिकलाई अपहरण गरी एक करोड रुपैयाँ फिरौती माग्ने ६ जना काठमाडौंमा पक्राउ

नेपालभ्युज

काठमाडौं । काठमाडौंमा बुधबार साँझ एकजना चिनियाँ नागरिक अपहरित भएका छन् । अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको पुष्टि गरे ।

उनले भने, ‘म्याद थप गर्दैछौं, त्यसपछि विस्तृत विवरण सार्वजनिक गर्छौं ।’ पक्राउ पर्नेहरु चाहिँ सबै नेपाली नागरिक हुन् ।

उनीहरुसँग एक करोड रुपैयाँ फिरौटी मागिएको प्रहरीको भनाइ छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved