अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्छ : चीन

नेपालभ्युज

अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्छ : चीन
सांकेतिक तस्वीर
बेइजिङ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर कूटनीतिक विवाद बढेको छ ।

पेलोसीको भ्रमणको विरोधमा चीनले अमेरिकी राजदूतलाई बोलाएको छ । चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार अमेरिकी राजदूत निकोलस बन्नससँगको कुराकानीको क्रममा उप–विदेशमन्त्री झी फेङले पेलोसीको भ्रमणको कडा विरोध गरेका थिए ।

‘यो कदम प्रकृतिमा अत्यन्तै डरलाग्दो छ र परिणामहरू अत्यन्त गम्भीर छन्’ उनले भनेका छन् । अमेरिकाले ‘आफ्नो गल्तीको मूल्य आफैँ तिर्ने’ र वासिंगटनलाई तत्काल आफ्ना गल्तीहरूलाई सम्बोधन गर्न’ उनले चेतावनी दिएको सिन्ह्वाले रिपोर्ट गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved