हुम्लामा चार दिनदेखि हवाई सेवा अवरुद्ध

नेपालभ्युज

हुम्लामा चार दिनदेखि हवाई सेवा अवरुद्ध
हुम्ला (फाइल फोटो)

काठमाडौं। हुम्लाको हवाई सेवा चार दिनदेखि अवरुद्ध छ । बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो ।

मौसम खराब हुँदा हुम्लाका लागि नेपालगञ्ज र सुर्खेतबाट हुने उडान चार दिनदेखि ठप्प रहेको सिमकोट विमानस्थलले जानकारी दिएको छ।

हवाई सेवा अवरुद्ध हुँदा सिमकोटमा अति आवश्यक सामाग्रीको ढुवानीमा समेत समस्या भएको छ।

बजारमा तेल, चिनी, बेसार, मसाला लगायतसामग्रीको अभाव देखिन थालेको स्थानीयको भनाई छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved