काठमाडौं। नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको छ। सोही निर्णयअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका छन् ।
प्रधानमन्त्री देउवा पनि सहमत भएकाले शर्माले आईतबार बेलुकासम्म शपथ लिने संभावना रहेको माओवादी स्रोतले जनाएको छ । आइतबार विहान बसेको माओवादीका शिर्ष नेताको बैठकले शर्मालाई नै अर्थमन्त्री बनाउने निर्णय गरेको थियो ।
यसअघि बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करका दर हेरफेर गरेको आरोपपछि शर्माले पदबाट राजीनामा दिएका थिए । तर, संसदीय विशेष छानबिन समितिले सफाइ दिएपछि माओवादीले शर्मालाई नै अर्थमन्त्रीमा दोहोर्याउने निर्णय गरेको हो ।
विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।
Facebook Comment
Comment