नेपाली अलैंचीको उपभोग बढाउन वाह ! अलैंची अभियानको शुभारम्भ

यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रित रहेको महासंघले जनाएको छ ।

नेपालभ्युज

नेपाली अलैंचीको उपभोग बढाउन वाह ! अलैंची अभियानको शुभारम्भ

काठमान्डाैं ।  नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश नम्बर १ र स्वीस सरकार विकास सहयोग (एस.डि.सी.) को सहयोग तथा होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा “वाह! अलैंची” अभियान शुभारम्भ गरेको छ ।

यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न केन्द्रित रहेको महासंघले जनाएको छ । वाह ! अलैंची अभियानले नेपाली अलैंचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्वपूर्ण सामग्रीका रुपमा बढाउने मात्र नभई आर्थिक गतिविधिहरु समेत बढाउने सम्बन्धित संस्थाहरुको विश्वास रहेको छ।

बेलायतको रियालिटी कुकरी टिभी शृंखला बीबीसी मास्टरसेफ प्रतियोगिताका विजेता, शेफ सन्तोष शाह वाह ! अलैंची अभियानको ब्रान्ड एम्बेसेडरमा चयन हुनुभएको छ । शाहले नेपाली अलैंचीलाई घरेलु बजारमा प्रवर्धन गर्न विशेष परिकार रेसिपीहरु पनि तयार गर्नुहुनेछ​। साथै, यो अभियानले युवा आकांक्षी प्रशिक्षार्थीहरू र शेफहरूलाई आफ्नो पाक कलामा अभिवृद्धि गर्न र नेपाली अलैंचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च पनि प्रदान विश्वास गरिएको छ ।

 

नेपालमा ६ हजार ६ सय मेट्रिक टन अलैंची उत्पादन हुन्छ । पूर्वका पहाडी जिल्लाहरूको कृषकहरूका आम्दानीको मुख्य स्रोत अलैंची हो। तर, नेपाली अलैंचीको प्रयोग घरेलु बजारमा बढेको छैन, बरु भारत लगायत अरु मुलुकबाट शतप्रतिशत आयात हुने सुकमेल​ले प्रतिस्थापन गरिरहेको छ । सन् २०२१ मा सुकमेल​को आयात ५ सय ६४ मेट्रिक टन थियो भने नेपाली ठूलो अलैंचीको आन्तरिक बजारमा खपत १ सय टनभन्दा कम थियो । त्यसैगरी, नेपाली उपभोक्ताले एक सय ग्रामको  १ सय रुपैयाँ देखि १ सय ५० सम्ममा खुद्रा बिक्री हुने नेपाली अलैंचीको मूल्यको तुलनामा अहिले १ सय ग्रामको सुकमेलको ४ सय देखि  ५ सय रुपैयाँ सम्म बढी मूल्य तिरिरहेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved