भारतको गुजरातमा विषाक्त मदिरा खाँदा २८ जनाको मृत्यु, ४० भन्दा बढी गम्भीर

नेपालभ्युज

भारतको गुजरातमा विषाक्त मदिरा खाँदा २८ जनाको मृत्यु, ४० भन्दा बढी गम्भीर

काठमाडौं । भारतको गुजरातमा विषाक्त मदिरा सेवन गर्दा २८ जनाको मृत्यु भएको छ । ४० भन्दा बढी गम्भीर विरामी परेका छन् । राज्यको बोटाड जिल्लामा यो घटना भएको हो ।

प्रहरीले विषाक्त मदिरा बनाउने र बिक्री गर्ने पाँचजनालाई पक्राउ गरेको छ । अस्पतालमा भर्ना भएका अधिकांशको दृष्टी गुमेको बीबीसीले जनाएको छ । गुजरात राज्यमा मदिरा बेचबिखनमा रोक छ । त्यसका बाबजुद अबैध रुपमा उत्पादन र बिक्री हुँदै आएको छ ।

आम आदमी पार्टीले घटनालाई लिएर भारतीय जनता पार्टीमाथि प्रश्न उठाएको छ । गुजरातमा भाजपाको सरकार छ । यो राज्यमा विषाक्त मदिराका कारण वर्षेनी सयौं गाउँलेको मृत्यु हुने गरेको  छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved