काठमाडौं। सरकारले आगामी भदौ १ गतेबाट ४० माईक्रोन भन्दा पातलो प्लास्टिकको प्रयोगमा कडाइ गर्ने भएको छ। वातावरण विभागले आज मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै कडाइ गर्ने जनाएको हो।
भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई लागू गर्न कडाई गर्ने जनाएको हो।
सरकारले गत वर्ष असोज १९ को राजपत्रमा सूचना प्रकाशित गरी ४० माईक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको थियो।
विभागले प्लास्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा आइसकेको भन्दै कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमनमा केही खुकुलो गरिएकोमा भदौ १ देखि अनुगमन तीव्र बनाइने पनि जनाएको छ।
४० माईक्रोनभन्दा पातलो प्लास्टिकको प्रयोग, उत्पादन तथा बिक्री गरेको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने पनि विभागले चेतावनी दिएको छ।
Do it soon according to law