भारतीय कंग्रेसका चार सांसद निलम्बित

नेपालभ्युज

भारतीय कंग्रेसका चार सांसद निलम्बित

एजेन्सी। मूल्यवृद्धिलाई लिएर सदनभित्र प्लेकार्डसहित विरोध प्रदर्शन गरेको भन्दै भारतीय कांग्रेसका चार सांसदलाई लोकसभाबाट निलम्बन गरिएको छ। अगस्ट १२ मा सकिने वर्खे अधिवेशनसम्मका लागि उनीहरुलाई निलम्बन गरिएको हो।

यसअघि सभामुख ओम बिरलाले उनीहरूलाई राम्रो व्यवहार गर्न र विरोध गर्न चाहेमा संसदबाहिर प्लेकार्ड बोक्न चेतावनी दिएका थिए। निलम्बित कांग्रेस सांसदहरूमा मणिकम टैगोर, जोथिमणी, रम्या हरिदास र टीएन प्रथापन छन्।

सभामुखको कारबाहीपछि चारै जना सांसद संसद् परिसरमा रहेको महात्मा गान्धीको शालिक नजिक गएर नाराबाजी गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved