चुनाव प्रणालीका कारण गरीब हैन दलाल चुनिने अवस्था आयो : प्रचण्ड

नेपालभ्युज

चुनाव प्रणालीका कारण गरीब हैन दलाल चुनिने अवस्था आयो : प्रचण्ड
फाइल तश्वीर

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीप्रति चरम असन्तुष्टि जनाएका छन् । उनले यही चुनाव प्रणालीले गणतन्त्र नै खतरामा पर्ने संभावना देखिएको दाबी समेत गरे ।

नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संघमा चुनाव लड्न अर्बौं रुपैयाँ चाहिने अवस्था आएको बताए । उनले भने, ‘गाउँपालिकामा १० करोड खर्च गरेर चुनाव जितियो भन्ने सुनिएको छ, यही प्रणालीमा संघको चुनाव जित्न अर्बौं रकम चाहिने स्थिति देखियो ।’

गरीबले चुनाव जित्नु सपना जस्तो भएको भन्दै उनले अब दलालहरू आउने समेत बताए । उनले भने ‘अब यो चुनाव प्रणालीले हाम्रो गणतन्त्र पनि खतरामा पर्छ । यसले देशलाई नराम्रो भुमरीमा लान्छ, भड्खालोमै लान्छ ।’

निर्वाचन प्रणालीकै कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूति नागरिकले गर्न नपाएको पनि प्रचण्डको दाबी छ । यसअघि चुनाव प्रणालीबारे खासै अभिव्यक्ति नदिने प्रचण्डको यो असन्तुष्टिलाई अर्थपूर्ण मानिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved