काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा पनि मंकीपक्सका बिरामी भेटिएका छन्। ३१ वर्षीय युवकमा मंकीपक्सको सङ्क्रमण देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
उनी दिल्लीकै सिटी अस्पतालमा उपचाररत थिए। परीक्षणका क्रममा मंकीपक्स देखिएको जनाइएको छ।
योसँगै भारतमा मंकीपक्सका चार जना बिरामी भेटिएका छन्। यसअघि केरलमा तीन जनामा मंकीपक्स देखिएको थियो।
दिल्लीमा मंकीपक्स देखिएका युवकले अन्य देशको यात्रा गरेको नपाइएको जनाइएको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ। थप परीक्षणका लागि नमूना पुणेस्थित न्याशनल इन्स्टिच्यूट अफ भाइरोलोजीमा पठाइएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले शनिबार मात्रै मंकीपक्सका लागि संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेको थियो। अहिलेसम्म ७५ देशमा १६ हजारमा मानिसमा मंकीपक्स देखिएको छ भने यसबाट पाँच जनाको मृत्यु भएको छ।
Facebook Comment
Comment