श्रीलंकामा प्रदर्शनकारीमाथि भएको आक्रमणको मानव अधिकारवादीद्वारा निन्दा

नेपालभ्युज

श्रीलंकामा प्रदर्शनकारीमाथि भएको आक्रमणको मानव अधिकारवादीद्वारा निन्दा

एजेन्सी । न्युयोर्क–न्युयोर्कस्थित अधिकारवादी समूह ह्युमन राइट वाच  (एचआरडब्लू) ले श्रीलंकामा प्रदर्शनकारीहरूमाथि भएको आक्रमणको निन्दा गरेको छ।

सुरक्षाकर्मीले शुक्रबार राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका थिए। सुरक्षाकर्मीलाई प्रदर्शनकारीविरुद्ध गैरकानुनी बल प्रयोग रोक्न पनि एचआरडब्लूले सरकारसँग माग गरेको छ।

घटनामा ९ जना पक्राउ परेका थिए।  प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान’ भनेको थियो।
पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे गत साता देश छाडेपछि रनिल विक्रमासिंघेले बिहीबार राष्ट्रपति पदको सपथ लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved