शिन्जो आबेको सम्मानका साथ जापानले सेप्टेम्बर २७ मा राष्ट्रिय अन्त्येष्टि गर्ने

नेपालभ्युज

शिन्जो आबेको सम्मानका साथ जापानले सेप्टेम्बर २७ मा राष्ट्रिय अन्त्येष्टि गर्ने

काठमाडौं। जापानले सेप्टेम्बर २७ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेको सम्मानमा राष्ट्रिय अन्त्येष्टि कार्यक्रम गर्ने भएको छ।
आउँदो सेप्टेम्बर २७ अर्थात् असोज ११ मा हुने अन्त्येष्टिमा विदेशी नेताहरु सहभागी हुने अपेक्षा छ। यो समारोह राजधानी टोकियोको निप्पोन बुडोकानमा हुनेछ।

सरकारी प्रवक्ता हिरोकाजु मात्सुनोले जापानमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्रीको रूपमा आबेको रेकर्ड, उनको कामको उपलब्धि र विदेशी नेताहरूसँगको सम्बन्धले राष्ट्रिय अन्त्येष्टि समारोह उपयुक्त रहेको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ।

गएको जुलाई ८ मा पश्चिमी सहर नारामा भएको राजनीतिक कार्यक्रममा आबेलाई गोली हानिएको थियो। उनको उपचारका क्रममा निधन भएको थियो।
जापान सरकारले यसअघि सन् १९६७ मा पनि एक पूर्व प्रधानमन्त्रीको निधनमा राष्ट्रिय अन्त्येष्टि गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved